समाचार

निर्वाचन आयोगले गर्यो दलहरुलाइ यस्तो आग्रह

काठमाण्डौ । निर्वाचन आयोगले मतगणनको नतिजा छिटो उपलब्ध गराउने उद्देश्यले राजनीतिक दल तथा उम्मेदवारहरूको समन्वयमा आवश्यक मतगणना टोली गठन गरी मतगणनाको काममा तिव्रता दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको छ ।
हालसम्म प्राप्त विवरण अनुसार वझाङको काँडा र मस्टा गाँउपालिका, बाजुराको पाण्डवगुफा गाँउपालिका, संखुवासभाको चिचिला र सिलिचोङ गाँउपालिका र सोलुखुम्बुको लिखुपिके गाँउपालिका गरी ६ स्थानीय तहको परिणाम प्राप्त भई सकेको छ । ताप्लेजुङ, सोलखुम्बु, गुल्मी, दाङ, कैलाली, बझाङको १÷१ तह र अछामको २ तह गरी ८ स्थानीय तह बाहेक सबै स्थानीय तहको मतगणना कार्य जारी रहेको जानकारी प्राप्त भएको छ । ताप्लेजुङको एक स्थानमा मतपेटिका आउन बाँकी रहेको र अन्य जिल्लामा राजनीतिक सहमति हुने प्रक्रियामा रहेकोले मतगणनामा ढिलाई भएको जानकारी प्राप्त भएको छ ।
२०७४ असार १४ गते मतदान स्थगित भएका रुपन्देही जिल्ला कोटहिमाही गाँउपालिका वडा नं. १ र बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ३ को पाण्डु मा.वि. मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको आयोगले जनाएको छ ।