आर्थिक

यसरी बढुवा बिवादमा नबिल बैंकका कर्मचारीलाई सिइओले भेट्नै मान्दैनन्

काठमाडौं। आन्तरिक बढुवाका बिषयमा कुरा गर्न खोज्दा प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले भेट नदिएपछि नबिल बैंकका कर्मचारीहरु आन्दोलनमा उत्रेका छन्। एक सातादेखि आन्दोलनरत कर्मचारीले मंगलबारबाट अनशन थालेका हुन्।

ब्यवस्थापनले कर्मचारीसँग कुराकानी नै गर्न नचाहेको भन्दै कर्मचारी अनसन सुरु गरेका हुन्। बैंकका करिब चार सय कर्मचारीको हस्ताक्षरसहितको स्वीकृति लिएर पाँच जना अनशनमा बसेका हुन्।

बैंक ब्यबस्थापनले कर्मचारी बिनियामबलीको पूर्ण कर्यान्वयन र संस्थागत सुशासन पालना नगरेको आरोप कर्मचारीले लगाएका छन्।

बैंकले अन्तरिक कर्मचारीको वढुवाका लागि परीक्षा लिए पनि बर्ष दिन पुग्दासम्म नतिजा सार्वजनिक नगरेको आरोप कर्मचारीको छ।

कर्मचारीका अनुसार बैंकले गत असोजमा पदपूर्तिका लागि आन्तरिक सुचना प्रकाशित गरेको थियो। त्यस अनुसार करिब सवा दुई सय कर्मचारीले आबेदन दिएका थिए।

असोजमै परीक्षा पनि भयो, तर त्यसको नतिजा भने अहिलेसम्मा निस्किएको छैन। उच्च ब्यवस्थापनले कार्यसम्पादन मूल्यांकनमा पनि बदमाशी गरेको आरोप कर्मचारीको छ।

“बैंक ब्यवस्थापनले परिक्षा लिनु अघिनै कर्मचारीको कार्य सम्पादन मुल्याकना गर्नु पर्छ, “बैंक कर्मचारी संघका पूर्वअध्यक्ष मुराहरि अर्यालले भने, “परीक्षापछि कार्यसम्पादन मूल्यांकन सुरु गरिएको छ। यसले उच्च ब्यवस्थापनको नियतमा शंका उब्जिएको छ।”

बिजमाण्डुका अनुसार, साना र ठूला तहका कर्मचारीबीच पनि बैंक उच्च ब्यवस्थापनले भेदभाव गरेको आरोप उनले लगाए।

“हामीले सिओओसँग कुराकानी गर्न समय धेरै पटक मागिसकेका छौुं उनले भने, तर सिओओ आफ्नै कर्मचारीसँग भेट्न चाहँदैनन्। उनले माग पुरा नहुन्जेलसम्म अनसन जारी राख्ने बताए। उक्त बैंकका एक कर्मचारीले उक्त लफडा मिलेको बताएका छन् ।