राजनीति

सुनसरीको २ उपमहानगर र ४ नगरसहितको अन्तिम मतपरिणाम (अपडेट)

धरान । सुनसरी जिल्ला प्रदेश नम्बर १ को महत्वपूर्ण जिल्लाको रुपमा लिइँदै आएको छ । नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराई, नेपाली कांग्रेसका प्रभावशाली सभापति एवम् पूर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइराला र एमालेका अध्यक्ष, लोकप्रिय नेता एवम् पूर्वप्रधानमन्त्री स्व.मनमोहन अधिकारीको राजनीतिक जिल्लाको हेरिने इटहरी र धरानजस्ता व्यापारिक केन्द्र, बराह क्षेत्र रामधुनी जस्ता अन्तर्राष्ट्रिय स्तरका हिन्दूहरुको तिर्थस्थल, मधेसी, पहाडे र सबै जातिको बसोबास महत्वपूर्ण जिल्ला हो सुनसरी । यस जिल्लामा दुई उपमहानगरपालिका, दुईओटा नगरपालिका र ६ ओटा गाउँपालिका रहेका छन् ।

यहाँको राजनीतिक प्रतिस्पर्धाले मुलुकलाई नै प्रभावित पारिदिने गरेको छ । यो पटकको स्थानीय तहको निर्वाचनले पनि सुनसरी जिल्लाले मुलुकको ध्यान केन्द्रीत गरेको छ ।

ईटहरी उपमहानगरपालिका

दोश्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पूर्वका अधिकांश जिल्लाहरुमा कांग्रेस र एमालेबीच कडा प्रतिसप्र्धा देखिएको छ । त्यसैमध्ये सुनसरी जिल्लाको भर्खरै प्राप्त मत परिणाममध्ये इटहरी उपमहानगरपालिकामा काँग्रेसका रोहित प्रशाईले अग्रता कायम गरेका छन् ।

सुनसरीको ब्यापारिक केन्द्र मात्र नभएर पूर्वबाट राजधानी जोड्न महत्वपूर्ण अर्थ राख्ने ईटहरीमा एमालेका जिल्ला अध्यक्ष समेत रहेका द्वारिका चौधरीलाई पछाडि धकेल्दै रोहित प्रशाईले अग्रता कायम गरेका हुन् । कांग्रेसका रोहित प्रशाईको मत ३४८८ पुगेको छ भने चौधरीको ३२०६ मत कायम रहेको छ ।

उपमेयरमा पनि काँग्रेसकी बिमला ढकालको ३४७९ मतले अग्रस्थानमा छिन् भने एमालेकी लाक्ष्मी गौतम ३१०२ मत सहित ढकाललाई पछ्याउदैछिन् । ७७ हजार मत खसेको ईटहरीमा मत गणना सम्पन्न हुन भने एक हप्ता लाग्ने अनुमान निर्बाचन अधिकृतले लगाएका छन् । इटहरीलाई एमालेले ०६४ साल र ७० सालको संबिधानसभा निर्बाचनमा नेकपा एमलेले विजयी हाशिल गरेको थियो ।

धरान उपमहानगरपालिका

त्यस्तै, धरान उपमहानगरपालिकाको भर्खरेको मत परिणाम पनि प्राप्त भएको छ । धरानका कांग्रेसका मेयरका उम्मेद्वार तिलक राईले अग्रता कायम गरेका छन् । राईले १९९४ मत प्राप्त गरेका छन् भने एमालेका मेयरका उम्मेद्वारले १८२२ मत पप्त गरेका छन् । त्यस्तै माओवादीका मेयरका उम्मेद्वार आईन्द्रबिक्रम नेम्वाङले १०६५ मत प्राप्त गरेका छन् ।

त्यस्तै कांग्रेसका उपमेयरका उम्मेद्वार श्यामा रेग्मीले १९७१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेद्वारले १९०३ मत प्राप्त गरेका छन् । त्यस्तै माओावादीका उपमेयरका उम्मेद्वार तेस्रो स्थान कायम गरिरहेका छन् ।

इतिहासदेखि नै एमालेले आफ्नो गण मान्दै आएको धरान सुनसरीको क्षेत्र नम्बर १ हो यसै क्षेत्रबाट एमालेले मानने नेता मनमोहन अधिकारीले पनि विजयी हांशिल गरेका थिए । धरानमात्र नभएर सुनसरीलाई नै एमालेको लालकिल्ला तोड्ने अनुमान प्रारम्भिक मतपरिणामले देखाएको छ । ईटहरी, बराह नगरमा समेत काँग्रेसको अग्रता कायम छ ।

बराह नगरपालिका

त्यस्तै, सुनसरीको बराह नगरपालिकामा काँग्रेसका बाबुराम बिष्ट अग्रस्थानमा छन् । काँग्रेसबाट मेयरका उम्मेद्वारले बिष्टले २१९३  मतसहित अग्रस्थान कायम गरेका छन् भने बिष्टलाई एमालेका निलम खनालले भारी मतान्तरले पछ्याईरहेका छन् ।

उपमेयरमा कांग्रेसकी पुजा धामीले अग्रता कायम गरेको समाचार छ । धामीको २२२३ मत छ । त्यस्तै एमालेका मेयरका उम्मेद्वार २०८६ मत आएको छ भने उपमेयर २०६६ मत प्राप्त भएको छ । माओबादी केन्द्र  मतसहित तेस्रो स्थानमा छ ।  बराह नगरपालिकाको वडा नम्बर १ र २ मा काँग्रेसका शुरेस श्रेष्ठ र हरि भट्टराई प्यानल नै विजयी भएका छन् ।

उक्त क्षेत्रमा नेकपा एमालेका सचिव भीम प्रसाद आचार्य ०६४ र ०७० को संबिधानसभा निर्बाचनमा प्रत्यक्ष निर्बाचित भएका थिए । नेकपा एमालेले उक्त क्षेत्रलाई आफ्नो गण मान्दै आएको छ । सुनसरीको उत्तरी क्षेत्रमा पर्ने उक्त नगरमा बराहक्षेत्र जस्तो प्रशिद्ध तिर्थस्थल र सप्तकोशीको पूर्वी भाग पर्छ ।

रामधुनी नगरपालिका

 रामधुनी नगरपालिकाको मत परिणाम पनि प्राप्त भएको छ । रामधुनी  कांग्रेसका  मेयरका उम्मेद्वारले ३८४६ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेद्वारले २३२९ मत प्राप्त गरेका छन् ।

त्यस्तै कांग्रेसका उपमेयरका उम्मेद्वार २५५९ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेवारले ३१२३ मत प्राप्त गरेका छन् ।

माओबादीका मेयरको ७८९ मत छ भने उपमेयरको ७८० सहित दुबै तेस्रो स्थानमा छन् ।

इनरुवा नगरपालिका

त्यस्तै, इनरुवा नगरपालिकामा कांग्रेसका मेयरका उम्मेद्वार राजन मेहताले ४००३ र एमालेका उम्मेद्वार पोष्ट नेपालले २७१३ मत प्राप्त गरेका छन् । काँग्रेसको तर्फबाट उपमेयरमा १०४७ र एमलेको ५९३ छ । सुनसरीके सदरमुकाम समेत पर्ने ईनरुवामा माओबादी केन्द्रले मेयरमा १६८ र उपमेयरमा २४१ ल्याएके छ । भने विजय गच्छेदारको लोकतान्त्रीक फोरमले मेयरमा ९९ र उपमेयरमा ९६ मत ल्याएको छ ।

दुहवी नगरपालिका

दुहवीमा फोरमका लोकतान्त्रिकका मेयरका उम्मेद्वारले १६७४ मत प्राप्त गरेका छन् भने उपमेयरका उम्मेद्वारले १५११ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका मेयरका उम्मेद्वारले १६३९ मत प्राप्त गरेका छन् भने उपमेयरका उम्मेद्वारले १७९१ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वारले १११४ मत प्राप्त गरेका छन् भने उपमेयरले ९५४  मत प्राप्त गरेका छन् ।

एमाले सुनसरीमात्र होईन केन्द्रीय नेतृत्व समेत धरान, ईटहरी जस्ता महत्वपूर्ण नगरमा पछि परेपछि चिन्तित बनेको स्रोतको दावी छ ।
०७० सालको निर्बाचनमा एमालेले काँग्रेसलाई नराम्रोसंग हराएपनि स्थानीय तहको निर्बाचनबाट हिसाबकिता चुक्ता गर्ने काँग्रेसीहरुको तर्क छ ।