तत्कालीन सुशील कोइराला पार्टी सभापति हुदा ७० सालको चुनावमा पहिलो बन्दै प्रधानमन्त्री हुदा नेपाली जनताले देशले संविधान पायो। शेर बहादुर देउवा पार्टी सभापति हुदा काँग्रेस खुम्चिएको देखिईरहेको छ । शेरबहादुर आफू बलियो हुनलागेको यथार्थ हो तर तर पार्टी दोस्रो हुने संकेत देखिनु काँग्रेस बलियो हुने छाँटकाँट देखिदैन । आम जन-मानसमा काँग्रेसलाई स्थानीय चुनावबाट आएको परिणामले नेतृत्वलाई सुधार्ने मौका दिएको अनुमास सहजै लगाउन सकिन्छ ।
बिभिन्न १३ कारणले काँग्रेस दोस्रो भएको मेरो मूल्याँकन छ ।
-अर्जुन बम
१- नेतृत्व अत्यन्तै निकम्मा छ, गुटबन्दी मै रमाउँछन् । विचार र सिद्धान्तमा पदाधिकारीहरु कमजोर छन । अध्ययन चिन्तन मनन गर्ने नेता छैनन स्वार्थ परस्त छन् । पार्टीमा अभिलेख प्रणाली छदैछैन ।
२ -पालिका घोषणा भएपछि क्षेत्रीय समिति, गाउँ समिति, वडा समिति निस्कृय छ। पालिका समिति, काम चलाउ छ चुनावमा पटक्कै क्रियाशील छैन ।
३- चुनावमा कुनैपनि पालिकामा पार्टीको गतिविधि भएनन् जति भयो उम्मेदवारको व्यक्तिगत खटाइमात्र भयो कतिपय नेता भनाउँदा त पार्टी हराएर भाट मात्र जिताउने आँट गरेर हिंडेछन् ।
४- प्रभावशाली नेताका अनेकौं गुट उपगुटहरु छन् । पार्टी अनुशासन शुन्य छ । कोहि रामराजा प्रसाद सिंह भन्दा बढी गणतन्त्रबादी छन् । कोहि कमल थापा भन्दा बढी राजाबादी ।
५- गाउँ र केन्द्र, भातृ र मतृ संगठन बीचमा समन्वय छैन, मधेस नीति देखि बिदेश नीति सम्म के हुनुपर्छ ? कसैलाई मतलब छैन ।
६- सभापति र अन्य कार्यकर्ता नेताहरूले प्रतिपक्षीले झुटो आरोप लगाउदा समेत प्रतिवाद गर्ने क्षमता राख्दैनन । बरु संगै पार्टी र नेताको बिरोध गरेर गौरव गर्दछन् ।
७- प्रायःजसो युवा नेताहरू झन थकित छन् र कुन नेताको घरमा जाँदा र कसलाई चाकरी गर्दा भबिष्य सुरक्षीत हुन्छ भन्ने मात्र ध्यान छ ।
८- अझै कार्य समितिले पुर्णता पाएको छैन । ४२ वटा बिभागमा एउटा पनि गठन भएको नै छैन । भातृ संघसंगठनका कार्यकर्ता खिया लागेको हतियार जस्ता छन् ।
९ पार्टीको राष्ट्रिय तहका नीर्णयहरु जनविरोधि छन् निर्णय संस्थागत छैन निर्णयमा भाविपुस्ता कार्यकर्ताको भावना समेटिएको देखिंदैन । रायसुझाव दिने बुद्धिजीवी बिकाउ र लोभलालच मै ब्यस्त छन् । कसैले कसैलाई टेर्दैनन् ।
१०- केन्द्र देखि जिल्ला र क्षेत्रका नेताहरूले टिकट वितरण मै पैसा खाने र गुट बनाउने गरेको कुरा कार्यकर्ताले बताउछन्, यो सहि कुरा पनि देखिएको छ ।
११- घात र अन्तरघात त कांग्रेसको जन्मसिद्ध सस्कार नै भएको छ । कैयौं जिल्लामा त केन्द्रिय नेता र साँसद भएको ब्यक्ति नै पार्टीको उम्मेदवार हराउन दिलोज्यान लागेका छन् ।
१२- टिकट पाएकोलाई घर घडेरी नै मासिने गरेर खर्च गराउन पार्टी कै नेता र कार्यकर्ता लाग्दछन् । चन्दा, सहयोग र लेबि उठाउने र दिने चलन काँग्रेसमा देखिदैन ।
१३- आफैंमात्र कमाउने धन्दामा लागेका नेताले उम्मेदवारलाई आर्थिक सहयोग त के एक कल फोन समेत गर्दैनन् । जति चुनाव नजिकै आउँछ उति उम्मेदवार एक्लै हुन्छन् ।
अतः विपी कोईराला, गणेशमान शिंह, सुवर्ण शम्शेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला, शुसिल कोईराला, महेन्द्र नारायण निधी, शैलेजा आचार्य, भिम बहादुर तामाङ लगायतका काँग्रेसका नेताहरुको आदर्श, नाम, योगदान, सिद्धान्त र पुरानो इतिहासले काँग्रेस दोश्रो हुनबाट कसैले रोक्न सकेन । पार्टी नेतृत्वको हैकमबादी चरित्र हेर्ने हो भने त माओबादी पनि पहिलो संबिधानसभा निर्बाचनमा पहिलो भएके थियो अहिले त्यो सम्झेर हुंदैन त्यस्तै काल्पनिक हुने थियो ।
(बम, नेपाली काँग्रेसको भातृसंस्था नेविसंघका केन्द्रीय सदस्य हुन् )