समाचार

यस्तो छ आइतबार बिहानसम्मको मतपरिणाम

काठमाण्डौ । दोश्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । बुधबार भएको सो निर्वाचनमा अहिलेसम्म नेकपा एमाले र नेपाली कांग्रेसको प्रतिस्पर्धा देखिएको छ भने माओवादी केन्द्रले उनीहरुलाई पिछा गरिरहेको अवस्था छ ।

आइतबार बिहानसम्मको मतपरिणामलाई हेर्दा एमालेले ७४ स्थानमा जित हासिल गरेको छ भने नेपाली कांग्रेसले ५१ स्थानमा जित हासिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले २२ स्थानमा जित हासिल गरेको छ । उता, फोरम लोकतान्त्रिक १ स्थानमा जित हासिल गरेको छ भने अन्य दलले २ स्थानमा जित हासिल गरेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसले ६४ स्थानमा अग्रता हासिल गरेको छ भने एमालेले ५९ स्थानमा अग्रता हासिल गरेको छ । माओवादी केन्द्रले १३ स्थानमा अग्रता हासिल गरेको छ भने राप्रपा र फोरम–नयाँ शक्तिले २ स्थानमा अग्रता हासिल गरेको छ ।

उता, फोरम लोकतान्त्रिक ५ स्थानमा अग्रता हासिल गरिरहेको छ भने अन्य दलहरुले ३ स्थानमा अग्रता हासिल गरिरहेका छन् ।