अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कडा आलोचना

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोपबारे छानबिन गर्न आफूले गठन गरेको आयोगलाई गोप्य व्यक्तिगत विवरणहरु उपलब्ध गराउन अस्वीकार गर्ने राज्यहरुको आलोचना गरेका छन्। शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्रम्पले तपाईँहरुले के लुकाउन चाहिरहनुभएको छरुु भनेर प्रश्न गरेका थिए।

उक्त आयोगले अमेरिकाका ५० वटै राज्यबाट जन्ममिति, व्यक्तिहरुका सामाजिक सुरक्षा नम्बरका अंशहरु र फौजदारी अभियोग ठहर भएका घटना तथा मतदाताको इतिहाससहितका विवरण माग गरेको थियो ।

तर हालसम्म २० भन्दा बढी राज्यले ती सूचना दिन आवश्यक नरहेको र गोपनीयताको हक विपरीत रहेको भन्दै आयोगको आग्रह अस्वीकार गरिसकेका छन्।