आर्थिक

वल्र्डलिंकका १० भाग्यशालीलाई सामसुङ ग्यालेक्सी एस ८

काठमाडौं। वल्र्डलिंक कम्युनिकेशनले आफ्ना सक्रिय ग्राहक १ लाख जना पुगेको अवसरमा ल्याएको सेलेब्रेसन अफरमा सामसुङ ग्यालेक्सी एस ८ मोवाइल जित्ने १० जना र ३ महिना निःशुल्क इन्टरनेट उपहार पाउने १ सय जना विजेताको नाम शुक्रबार सार्वजनिक गरेको छ । मोबाइल तथा इन्टरनेट उपहार विजेतालाई कम्पनीको सफ्टवेयर सिस्टमले छनौट गरिएको हो ।

यसका साथसाथै, १ सय जना निःशुल्क इन्टरनेट विजेताहरुको युजर आइडी कम्पनीले आफ्नो वेवसाइट र फेसबुक पेजमा सार्वजनिक गरेको छ । कम्पनीले विजेतालाई उपहारका लागि स्वयं सम्पर्क गर्ने बताएको छ ।
वल्र्डलिंकले २१ वर्षदेखि सर्वसाधारण ग्राहकलाई इन्टरनेट, आइपिटिभी र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीका यसै बर्ष देशभर १ लाखभन्दा बढी ग्राहक पुगेका हुन् .।