आर्थिक

बैंकमा पुँजी अभाब हुनसक्ने गभर्नर नेपालको चेतावनी

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिबी नेपालले स्थानीय तह गठनसँगै बजार बढेकाले बैंकहरुको लगानीको क्षेत्र बृद्धि भएको बताएका छन्।

उनले लगानीलाई ब्यापक बनाउँदै जोखिम लिनसक्ने क्षमता बृद्धि गर्न नै आफूले पूँजी बृद्धिको नीति लिएकोसमेत बताए। जोखिम लिन सक्ने क्षमता बृद्धिका साथै लगानी सुदृढ गर्नका लागि दुई बर्षअघि पूँजी बृद्धि योजना ल्याइएको हो भने।

गभर्नरले गाउँगाउँमा बजार बिस्तार हुन लागेकाले बैंक तथा वित्तीय संस्थालाई अहिलेको पूँजी अभाव हुनसक्ने बताए।

दूई बर्षअघि पूँजी चार गुणाले बढाइयोु गभर्नर नेपालले भने, “स्थानी तहको संरचनाका कारण बढेको पूँजी पनि अभाव हुने देखिएको छ।” उनले संघीय संरचनाले लगानीका अवशर बृद्धि भएकाले बैंकसँग पैसा अभाव हुने बताए।

महालक्ष्मी विकास बैंकले यति डेभलपमेन्ट बैंकलाई गाभेर एकिकृत कारोबार सुरु गरेको उपलक्ष्यमा आइतबार आयोजित कार्यक्रममा गभर्नरले भने, “बैंकको पूँजी अझै अभाव हुन्छ भन्ने देखिएको छ।”

गभर्नर नेपालले अबका दिनमा राष्ट्र बैंकले नियमनभन्दा पनि सुपरीवेक्षणमा बढि ध्यान दिने बताए। उनले अब राष्ट्र बैंकको सुपरिवेक्षणमा कडाइ गर्ने भएकाले सञ्चालक समितिले ब्यवस्थापनलाई हस्तक्षेप गर्ने काम बन्द गर्न आग्रहसमेत गरे। बिजमाण्डु