समाचार

सुनसरीको हरिनगरा गाउँपालिकामा काँग्रेस विजयी

इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।

नेपाली काँग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवार भएका गफार अन्सारीले पाँच हजार ६६२ मत ल्याएर विजयी हुनु भएको हो । उनले सङ्घीय समाजवादी फोरमका हेमनारायण मेहतालाई दुई हजार २७ मतले पराजित गर्दै विजयी भएका हुन् । फोरमका मेहताले तीन हजार ६३५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि काँग्रेसकै रिमझिम भगत विजयी भएका छन् छ । रिमझिमले पाँच हजार ९६ मत प्राप्त गरी विजयी भएका छन् । उनले एमालेकी सुनितादेवी मेहतालाई दुई हजार १३१ मतान्तरले पराजित गर्दै विजयी भएका छन् । मेहताले दुई हजार ९७५ मत प्राप्त गरेका छन् ।

हरिनगरामा जम्मा सातवटा वडा रहेकामा १, २, ४, ७ नम्बर वडामा नेपाली काँग्रेस विजयी भएको छ भने ५ नम्बर वडा अध्यक्षमा एमाले र सदस्यमा नेपाली काँग्रेसका उम्मेदबार विजयी भएका छन् । त्यसैगरी, ३ नम्बर वडामा सङ्घीय समाजवादी फोरम विजयी भएको छ ।