राजनीति

राप्ती गाउँपालिकामा काँग्रेस विजयी

दाङ । स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिकामा नेपाली काँग्रेसले जित हासिल गरेको छ ।

काँग्रेसका अध्यक्षका उम्मेदवार नुमानन्द सुवेदीले चार हजार ७९७ मत ल्याएर विजयी भएक छन् । उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार श्यामेस चौधरीले तीन हजार ९४२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा काँग्रेसका जगदम्बाकुमारी चौधरीले चार हजार ५८२ मत प्राप्त गरी विजय भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हिमाली न्यौपानेले चार हजार ४४ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।