पु.समाचार

केराबारी अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले

विराटनगर । केराबारी गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

सो गाउँपालिकामा काँग्रेसका रोहित कार्की पाँच हजार ४९९ मत प्राप्त गरी अध्यक्षमा विजयी भएको निर्वाचन अधिकृत खरुदेव चुडालले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन थापाले पाँच हजार २१७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा एमालेकी शान्तिकुमार लिम्बू पाँच हजार ७४७ मत प्राप्त गरी विजयीभएक छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कल्पना कटुवालले चार हजार ६१२ मत प्राप्त गरेका छन् । रासस