पु.समाचार

गौरीगन्जको प्रमुख राप्रपा र उपप्रमुखमा काँग्रेस विजयी

दमक । स्थानीय तह निर्वाचनमा झापाको गौरीगन्ज गाउँपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले र उपप्रमुखमा काँग्रेसले जित हासिल गरेका छन् ।

राप्रपाका निर्बाचित मेयले तीन हजार ७४० मत ल्याएर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत भीमप्रसाद तिवारीले जानकारी दिए । अध्यक्षमा उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी फूलवती राजवंशीले तीन हजार ४४३ मत प्राप्त गरेका थिए ।

यसैगरी, गौरीगन्ज गाउँपालिकाको उपाध्यक्षमा भने काँग्रेसका दीपेन्द्र थापा निर्वाचित भए । ६ वटा वडा रहेको सो गाउँपालिकाको वडामा काँग्रेसले चार र नेकपा (माओवादी केन्द्र), र नेकपा (एमाले)ले एक÷एक वडामा जित हासिल गरेको छ । काँग्रेसबाट वडा नं १ मा कार्तिकलाल राजवंशी, २ मा उघनुप्रसाद राजवंशी, ३ मा मखना महतो र ६ मा बद्रीनारायण यादव वडाध्यक्षमा निर्वाचित भएका छन्।

त्यस्तै, वडा नं ४ मा माओवादी केन्द्रका कुल्चन गिरी र ५ मा एमालेका विजयसिंह गन्गाई वडाध्यक्षमा निर्वाचित भएका छन् । राप्रपाले योसँगै झापाको कचनकवल र हल्दिबारी गाउँपालिकामा पनि प्रमुख पदमा विजय हासिल गरेको थियो ।