खेलकुद

मेस्सी नयाँ सम्झौताका लागि तयार

एजेन्सी । लियोनल मेस्सी सन् २०२१ सम्म बार्सिलोनामै रहने भएका छन् । स्टार स्ट्राइकर मेस्सी बार्सिलोनासँग नयाँ सम्झौताका लागि तयार भएका हुन् । १३ वर्षमा बार्सिलोना आएका मेस्सी अहिले ३० वर्षका भए ।

उनले क्लबसँगको नयाँ सम्झौतामा प्रि–सिजन प्रशिक्षणमा फर्किएपछि हस्ताक्षर गर्ने छन् । मेस्सीले सम्झौताका लागि सहमति जनाएकोमा क्लब निकै खुशी रहेको बार्सिलोनाले जनाएको छ ।

अर्जेन्टिनाका मेस्सीले बार्सिलोनाबाट अहिलेसम्म ५ सय ८३ खेलमा कीर्तिमानी पाँच सय ७ गोल गरेका छन् । मेस्सी अहिले हनिमुनमा छन् । उनले यहि हप्ता बाल्यकालदेखिकी साथी तथा प्रेमिका एन्टोनेला रोकुज्जोसँग विवाह गरेका हुन् ।