राजनीति

यस्तो छ अहिलेसम्मको सबै दलको मतपरिणाम, ७ स्थानको मतगणना जारी

काठमाण्डौ । दोश्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम करिब–करिब सकिएको छ । तीन प्रदेशको ३३४ स्थानमा भएको निर्वाचनको ३२७ स्थानको मतपरिणाम आइसकेको छ ।  त्यसमध्ये सबैभन्दा अघि नेकपा एमालले १४८ स्थानमा जित हासिल गरेको छ भने नेपाली कांग्रेसले ११८ स्थानमा जित हासिल गरेको छ ।

त्यस्तै माओवादी केन्द्रले ३८ स्थानमा जित हासिल गरेको छ भने फोरम लोकतान्त्रिकले ६, फोरम–नयाँ शक्ति गठबन्धनले ८, राप्रपाले ४ र अन्य स्वतन्त्र र साना दलहरुले ५ स्थानमा जित हासिल गरेका छन् ।

अहिले मतगणना भैरहेका ७ स्थानमा भने एमालेले ४ ठाउँमा अग्रता लिइरहेको छ भने नेपाली कांग्रेसले ३ स्थानमा अग्रता लिइरहेको छ ।