राजनीति

मेचीनगर मेयरमा काँग्रेसका आचार्य भारी मतले विजयी

बिर्तामोड । मेचीनगर नगरपालिका प्रमुखमा नेपाली काङ्ग्रेसका विमल आचार्य विजयी भएका छन् । शुक्रबार राति आएको अन्तिम परिणामानुसार उपप्रमुखमा भने नेकपा(एमाले)की मीना उप्रेती विजयी भएका छन् ।

प्रमुखमा विजयी आचार्यले २० हजार ७७६ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णु प्रसार्इँले १९ हजार ४२२ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा विजयी उप्रेतीले १९ हजार ९४ र उनका निकतटम प्रतिद्वन्द्वी काङ्ग्रेसकी दुर्गा खतिवडाले १९ हजार ७७ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।