समाचार

बिराटनगर महानगरमा मेयर-उपमेयर भारी मतको काँग्रेसको जित संगै विशाल विजयी जुलुस हुंदै

बिराटनगर । बिराटनगर महानगरमा नेपाली काँग्रेसका भीम पराजुलीले मेयरमा र इन्दिरा कार्कीले उपमेयरमा शानदार जित हाँशिल गरेका छन् । उक्त खुसीयालीमा केहिबेरमा १ं३० बजेका लागी कोईराला निवास बिराटनगरबाट विजयी जुलुस निकालिने बिराटनगरका प्रभाबशाली काँग्रेस नेता केदार कार्कीले शुर्यखबरलाई बताए । उक्त विजयी जुलुसमा काँग्रेस केन्द्रीय सदस्य शेखर कोईराला लगायत बिराटनगरमा उपलब्ध हुनसक्ने केन्द्रीय नेताहरु, स्थानीय काँग्रेस नेता कार्यकर्ताहरु, शुभचिन्तकहरु एपस्थित हुने जनाईएको छ ।

पाँच हजार ७१० मतको अन्तरले एमालेका विनोद ढकाललाई हराएका पराजुलीले २३०३१ मत प्राप्त गर्न सफल भएका छन् र उपमेयर उमेर्द्वार ईन्दिारा कार्कीको मत त झन धेरै छ, उनको २०१४६ मत छ भने किट्तम् प्रतिद्वन्दी नमिता न्यौपानेको ११५२४ मतमात्र छ, न्यौपाने माओबादीबाट उपमेयरकी उमेर्द्वार हुन् । उपमेयरमा ८६२२ मतको अन्त्र देखिन्छ ।

माओबादी, एमाले, फोरम लोकतान्त्रीक, संघीय समाजबादी आदि बिराटनगरमा केहि प्रभाब भएका दलहरुले तालमेल गरेर निर्बाचन लड्ने प्रयत्नमा लागेपनि काँग्रेस एक्लैले निर्बाचन लड्दा भारीमतका साथ विजयी हुनुले राम्रो मान्छेलाई टिकट दिए काँग्रेस आफैं निबार्मचन जित्न सफल हुन्छ, कसैसंग तालमेल गरेको जनता र काँग्रेस कार्यकर्ताहरुले मन पराउदैनन् भन्ने देखिन्छ ।

बिराटनगर ५ का सांसद समेत रहेका अमृत अर्याललाई टिकट दिईसकेको अन्त्मि अवस्थामा पनि डा. कोईरालाको असहमतिका कारण भीमले टिकट पाएको दावी राजनीतिकबृतमा गरिएको छ ।