राजनीति

जनता ५० डिग्रीको घाममा खाडीमा, राष्ट्रपति १६ करोडको गाडीमा ! (सर्बत्र आलोचित)

काठमाण्डौ । सामाजिक सञ्जालले दिएको सुबिधासंगै चुनौती समेत थपिएको छ । एमालेका उपाध्यक्ष बामदेब गौतम गृहमन्त्री हुंदा नयाँबानेश्वरमा डोरी नाघेर बाटो काटेको फोटो सार्बजनिक हुंदा, झलनाथ खनालले खोलापार गर्दा कार्यकर्तालाई बोकाएर पार गराएको तस्विर, माधब नेपालले राजालाई प्रधानमन्त्री बन्न पाउं भनि दाम चढाएको तस्विर, झलनाथ खनालले सुनसरीमा र प्रचण्डले रत्नपार्कमा झापड खाएको तश्वीर, सर्बोच्च अदालतकी प्रधानन्याधीश शुशीला कार्कीलाई महाअभियोग लगाउने, आईजीपी विवादलाई उत्कर्षमा पु¥याउने, साझा सवालमा प्रधानमन्त्री देउवाको बिरोध, रामकुमारी झाँक्रीले आफ्नै गाँउका काँग्रेस कार्यकर्तालाई खुट्टा भाँच्ने सम्मको दिएको धम्की हुंदै पछिल्लो समयमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गाडी खरिदका लागी सरकारसंग माग गरेको १६ करोड रकमको विवाद उत्कर्षमा पुगेको छ ।

जनताका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, प्रहरी, सेना, पत्रकार जोसुकै होस जनताले सामाजिक सञ्जालमा बिरोध गर्न छाड्दैनन्, उदाहरणहरु प्रशस्त छन् । १६ करोडको गाडी खरिदका लागी सरकारसंग गरिएको आग्रहका बिषयमा ब्यापक चर्चा परिचर्चा भईरहेको छ, बिरोधका स्वरहरु घन्किएका छन्, झांक्री र देउवाको बिरोध गर्न बन्द गरेर राष्ट्रपति भण्डारीको विरोध गर्न सामाजिक संञ्जालमा सकृय नागरिकहरु लागेका छन् । यो समाचार तयार गर्दासम्म राष्ट्रपति कार्यालयले औपचारिक प्रतिकृया नदिनुले राष्ट्रपतिले उक्त माग गरेको पुष्टी हुन्छ ।

समामाजीक सञ्जालमा पदमा भएका ब्यक्तिहरुले मुलुकलाई हानी हुने काम गर्दा खबरदारी गर्नु ठीक भएपनि कुनै कुनै कुरालाई अनावश्यक रुमामा बाहिर ल्याएर अतिरञ्जित पारेको पनि विश्लेशण गर्न सकिन्छ । कतिपय बिषयकोे भित्रीकुरा नबुझी सामाजिक संञ्जालमा ल्याउदा गल्ती नगर्नेले पनि समाजमा सजाय भोग्नुपर्दाको पींडा नमजा अर्कै हुन्छ, कतिपयलाई फाईदा पनि भएका छन् तरकारीवालीलाई सामाजिक सञ्जालले हाईलाईट गरेको थियो । उनी एकाएक नेपालीमात्र नभएर भारतीय लगायतका अन्तर्राष्ट्रिय मिडियामा समेत हाईलाइट भएकी थिईन् ।

पछिल्लो समयमा बिद्यादेवी भण्डारीले १६ करोड मागेको विषय उत्कर्षमा पुगेको छ, साईकल चढेर मत माग्न हिड्ने कम्युनिष्ट नेता स्व.मदन भण्डारीकी पत्नी समेत रहेकी राष्ट्रपति भण्डारीले बिलासी गाडी खरीदको मागलाई फिर्ता गर्दा उनी लोकप्रीय होलिन्, अहिलेसम्म एमालेले मदन भण्डारीको जबजलाई भजाएर खाएको अवस्थामा यस्तो हर्कत गर्न पूर्व एमाले नेतृसमेत रहेकी भण्डारीलाई किमार्थ सुहाउदैन । एक हिसाबले राष्ट्रपति जस्तो गरिमामय र सुरक्षाका हिसाबले समेत अत्यन्तै संबेदनशील ब्यक्तिलाई अत्याधुनिक बुलेट प्रुफ गाडी सरकारले उपलब्ध गराउनुपर्ने हो तर नेपाल जस्तो देशले उक्त बम हान्दा समेत राष्ट्रप्रमुखलाई केही असर नपर्ने खाल्को गाडीको आवश्यक्ता छैन ।

नेपालका बिशिष्ट ब्यक्तीहरुलाई अन्तराष्ट्रियस्तरका आतंककारी संगठनहरुको थ्रिटन छैन । उनीहरुले थ्रिटन दिएमा हाम्रो देशले जतिसुकै सुबिधासम्पन्न गाडी दिएपनि सामना गर्ने हैशियत राख्दैन । मुलुक रिमिट्यान्सले धानेको छ, भूकम्पपीडितहरुलाई त्रिपालको ब्यबस्था समेत छैन, बेरोजगारी समस्याले मुलुक ब्याप्त छ, गाढी चढ्ने राम्रो बाटो समेत छैन, भएका बाटामा समेत धुला, धुवाँ र जामले समस्या छ यस्तो अवस्थामा नेपालको सबैभन्दा महंगो गाडी राष्ट्रपतिले किमार्थ सुहाउदैन । जनता खाडीमा ५० डीग्रीको घाममा पसिना चुहाउने तर देशमा सत्तामा बसेका ब्यक्तीहरु ऋालिशान जिन्दगी जिउन’ नितान्त अपराध मात्र नभएर पाप पनि हो ।

यस्ता कारणहरु धेरै छन्, कि जुन नेपालको राष्ट्रपतिले १६ करोड पर्ने अत्यन्तै विलासी गाडी चढ्न सुहाउदैन, बिगतमा बद्मानमीको शिकार नभएकी राष्ट्रपति भण्डारीले उक्त गाडी किन्ने आग्रह फिर्ता गर्दा राम्रो हुन्छ । राष्ट्रपति भण्डारीको बिभिन्न ब्यक्तीहरुले यसरी विरोध गरेका छन् । फेसबुक र ट्वीटरमा गरिएका बिरोधका स्वरहरु यस्ता छन् ।