समाचार

उपत्यकामा जामै जाम, के भन्छ ट्राफिक प्रहरी ?

काठमाडौं । ट्राफिक प्रहरी भन्छ मुग्लिन नारायणगढमा आएको पहिरोका कारण केही दिन यता राजधानीमा आचक्ली जाम हुन थालेको हो । उपत्याकावासीलाई काठमाडौंका सडकमा टेक्नेवित्तिकै सडक जाममा पर्नु दैनिकीजस्तै बनेको छ ।

केही दियता यो क्रम आचक्ली बढेको छ । आखिर किन होला ? काम विशेषले आफ्नो घरबाट निस्कनु पर्दा पुग्नुपर्ने समयभन्दा १ देखि ३ घण्टा अगावै हिंड्नुपर्ने बाध्यता हुन थालेको छ ।

बिहीबारको नेपाल समाचारपत्रमा लेखिएको छ, उपत्यकामा बढेको सवारी चाप, साँघुरो सडकको मर्मत तथा विस्तारलगायतका कारण यहाँ यात्रा गर्ने आम मानिसले ट्राफिक जामको हैराजनी खेपिरहेका छन् ।