राजनीति

सुवेदीलाई तुरुन्त राजीनामा गराउन सांसदहरुको माग

काठमाण्डौ । सरकारका मुख्य सचिव पदबाट राजीनामा नगरी एसियाली विकास बैंक (एडीबी) को जागिरमा गएका सोमलाल सुवेदीलाई दोहोरो पदमा नराख्न तीव्र दबाब परेको छ ।

संसदको बिहीबार बसेको बैठकमा प्रतिपक्षी सांसदहरूले निजामती सेवाको सर्वोच्च पदमा रहेका व्यक्ति राजीनामा नदिइकन एडीबीको जागिरमा जाँदा देशकै प्रतिष्ठा गिरेको गम्भीर प्रश्न उठाएपछि सभामुख ओनसरी घर्तीले सरकारको ध्यानाकर्षण गराएकी छन् ।

शुक्रबारको कान्तिपुरमा लेखिएको छ, एमालेका सांसद रेवतीरमण भण्डारी र नेमकिपाका सांसद प्रेम सुवालले सुवेदी प्रकरण चर्काएपछि सभामुख घर्तीले त्यस विषयमा आफ्नो ध्यानाकर्षण भएको जवाफ दिएकी थिइन् ।

बैठकलगत्तै उनले संसद् भवनमै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी निजामती सेवाको सर्वोच्च पदमा बहाल व्यक्तिलाई एडीबीको जागिरमा पठाउने सरकारी निर्णयले राम्रो सन्देश नगएकोतर्फ ध्यानाकर्षण गराइन् ।

सुवेदी मुख्य सचिव पदबाट राजीनामा नदिइकन एडीबीको वैकल्पिक कार्यकारी निर्देशकमा साउन १ देखि कार्यभार सुरु गर्न जाँदै छन् । मन्त्रिपरिषद्ले उनको मुख्य सचिव पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेको छ