आर्थिक

यसकारण दश लाखभन्दा बढीको नगद कारोबार आइतबारदेखि बन्द ?

money

काठमाडौं । तपाई कुनै ठुलो आर्थिक कारोवार गर्दै हुनुहुन्छ भने आजदेखि नगदमा गर्न पाईदैन ।  १० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोवार गर्दे हुनुहुन्छ भने नगदमा नगर्नुस् । आइतबारको कान्तिपुरमा लेखिएको छ, नगदमा कारोवार गरेको भेटिए तपाईलाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण एैन २०६४ अनुसार कारवाही हुन सक्छ ।

१० लाख रुपैयाँभन्दा बढीको कारोवार गर्नुछ भने बैकिंङ प्रणलीबाटै गर्नुपर्ने ब्यवस्था गरेका छौुं, सम्पत्ति शुद्धिकरण विभागका एक अधिकारीले भने, अर्थ मन्त्रालय र राष्ट बैंकले छलफल गरी यसबारे राजपत्रमा सुचना प्रकाशित कानुनसरह बनाईसकाले कारवाही हुनेछ ।