आर्थिक

महिन्द्राकोे ईटहरीमा नयाँ क्षेत्रीय कार्यालय

काठमाडौं । महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरुको लागि अग्नि ग्रुपले आफ्नो क्षेत्रीय शाखा कार्यालय विराटनगर लाइन, ईटहरीमा शुभारम्भ गरेको छ । महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्र्याक्टरहरुकालागि पूर्वाञ्चलमा स्थापनागरिएको सो शाखाले आफ्ना डिलर एवम् ग्राहकहरुलाई नजिक ल्याई सरल एवं सहज सुविधा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

स्थापना गरिएको शोरुमबाट आफ्ना सम्पूर्ण रेन्जकाटु ह्वीलर सवारी, सर्भिसिङ्ग तथा जेन्यून स्पेयर पार्ट उपलब्धहुने छन् । ईटहरी स्थित नयाँ क्षेत्रीय कार्यालय, शोरुम तथा सर्भिस सेन्टरले ईटहरी तथा आसपासका वासिन्दाहरुलाई न्यूनतम मूल्यमा कम्पनीको गुणस्तरीय सेवातथा सुविधा पाउनुहुने विश्वास कम्पनीले लिएको छ ।

शाखाको शुभारम्भ अग्नि ग्रुपका अध्यक्ष अर्जुन शर्माले सोमबार गरेका छन् । अर्जुन शर्माले “कम्पनी केवल सवारी विक्रीगर्न तर्फमात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्व सुलभता तर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको कुरा”उल्लेख गरे । चाहिएको वेला सर्वसुलभ तरिकाबाट समयमै ग्राहकरुलाई स्पेयरपार्टहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहदैं आएको जानकारी दिए ।
सन् १९९१ मा नेपालमा स्थापना भएको अग्निग्रुप अन्तर्गत अग्नी इन्कर्पोरेटेड, अग्निइनजी, अग्नि मोटोइन्क, बालाजू अटो वक्र्स रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीयकार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएको कम्पनीले बताएको छ ।