पु.समाचार

सकसमा प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीभित्रको गुटगत सन्तुलन र सत्तासाझेदार दललाई विश्वासमा लिएर अघि बढ्न सकस भएको छ ।

सरकार र पार्टीको नेतृत्व रहेका देउवासामु स्थानीय तहको निर्वाचनमा दोस्रो भएको पार्टीलाई प्रदेश र केन्द्रको निर्वाचनमा पहिलो बनाउनुपर्ने बाध्यता छ भने संवैधानिक ब्यवस्थाअनुसार माघ ७ भित्रैतीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने अर्को चुनौती छ ।

शुक्रबारको नागरिकमा लेखिएको छ, पार्टी सभापति भएको डेढ बर्ष बित्दासमेत देउबाले पदाधिकारी, विभागसहितका निकायलाई पुर्णता दिन सकेका छैनन् ।