मनोरञ्जन

नेपालको दोश्रो ठुलो सुन्दरी प्रतियोगिता, यस्तो छ विगतदेखि वर्तमानसम्मको यात्रा

काठमाण्डौ । ‘मिस टिन नेपाल’ नेपालको दोश्रो ठूलो सुन्दरी प्रतियोगिता हो । काठमाडौं जेसिसले सन् २००२ देखि सुरु गरेको मिस टिन नेपाल अहिले सम्म निरन्तर चलिनै रहेको छ । ‘१४ औँ मिस टिन नेपाल–२०१६’ को उपाधि काठमाडौंकी जस्मिन खड्काले जितेकी थिइन् ।
काठमाडौें जेसिसद्वारा राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित अन्तिम प्रतिसपर्धामा उनले मिस टिन नेपाल–२०१६ को उपाधि जितेकी हुन् । शीर्ष उपाधिसँगै उनले मिस फोटोजिनक र बिभिन्न उपहार समेत प्राप्त गरेको थिइन् ।

त्यहि सो प्रतियोगितामा काठमाडौंकी उर्जा नेवा ‘फस्ट रनर अप’ भएको थिइन । उनले ‘मिस डिसिप्लेन’को उपाधि प्राप्त गर्न सफल भएकी थिइन् । किशोरीहरुको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुति, सामाजिक कार्यमा अग्रसरता र नेतृत्वदायी भूमिकाको लागि काठमाडौं जेसिसले १४ बर्ष देखी मिस टिन नेपाल आयोजना गर्दै आएको हो ।

पहिलो ‘मिस टिन नेपाल’ २००२ को उपाधि अमन्दा मानन्दर गुरुङ्गले हासिल गरेकी थिइन् भने २००३ को उपाधि प्रभिना थापाले हासिल गर्न सफल भएकी थिइन्, र २००४ मा भने प्रतियोगिता भएको थिएन । त्यसैगरी २००५ मा प्रियंका कार्की, २००६ मा खुश्बु ओली, २००७ मा आयुशा कार्की, २००८ मा अनामिका गुरुङ्ग, २००९ मा श्रीया पौडेल, २०१० मा कृति तामाङ्ग लामा, २०११ मा आश्था श्रेष्ठ, २०१२ मा केशु खड्का, २०१३ मा सम्भानी रिमाल, २०१४ मा रितिका खरेल, २०१५ मा ध्रिटी केसी गरी २०१६ मा जस्मिन खड्काले जित हासिल गरेका थिए । यो प्रतियोगिता काठमाण्डौ जेशिशले वर्षेनी गर्दै आएको छ ।

जसका कारण टि एजरहरुको प्रतिभालाई प्रस्फुटित गर्ने काम गर्दै आइएको आयोजक पक्षले बताउँदै आएको छ । यो प्रतियोगिताको सुरुवातको इतिहास त्यति धेरै लामो नभएपनि यस निकै ठूलो सफलता हासिल गर्दै आएको जानकारहरु बताउँछन् ।