अन्तर्राष्ट्रिय

पाकिस्तानी प्रधानमन्त्री शरिफले दिए राजीनामा

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले गैरकानूनी रुपमा सम्पति आर्जन गरेको ठहर गरेपछि त्यहाँका प्रधानमन्त्री नवाज सरिफले पदबाट राजीनामा दिएका छन् । त्यहाँको सर्वोच्च अदालतले शुक्रबार प्रधानमन्त्री शरिफलाई भ्रष्टाचार गरेको ठहर गर्दै अयोग्य घोषणा गरेको थियो । त्यसलगत्तै उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

सन् २०१५मा पानामा पेपर्सले प्रधानमन्त्री शरिफ र उनको परिवारले अकुत सम्पत्ति कमाएर विदेशमा लगानी गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । सो आरोपको प्रधानमन्त्री शरिफले अस्वीकार गर्दै आएका थिए, तर शुक्रबार त्यहाँको सर्वोच्च अदालतले उनलाई भ्रष्टाचार गरेको ठहर गर्दै अयोग्य घोषणा गरेको थियो ।