राजनीति

क्षेत्र निर्धारण आयोगलाई मुलुक हितका लागी जस्तोसुकै सहयोग गर्न सरकार तयारः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयभित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन तयार गर्न सरकारबाट आवस्यक सबै सहयोग उपलव्धहुने बताएका छन् ।

आईतबार दिउसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्रीलाई भेट्न आएका निर्वाचन क्षेत्र निर्धारण आयोगका पदाधिकारीहरुसँगको बैठकमा उनले आयोगलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको धारणा व्यक्त गरेका हुन् । ‘तपाईहरु तोकिएकै समयभित्रआफ्नो काम सम्पन्न गर्नुहोस्, तपाईहरुलाई सरकारबाट चाहिने आवस्यक सहयोग २४ सै घण्टा दिन तयार छ’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले माघ ७ गते भित्रप्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्नको लागि सरकारले तोकेको समयभित्र क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझाउने विश्वास पनि व्यक्त गरे । अघिल्लो हप्ता बसेको मन्त्रिपरिषद बैठकले २१ दिनको समयअवधितोकेर क्षेत्र निर्धारण आयोग गठन गरेको थियो । आयोगले गत साउन ११ गतेदेखि काम सुरु गरेको छ

प्रधानमन्त्रीका प्रेश संयोजक गोबिन्द परियारका अनुसार, आयोगका पदाधिकारीहरुले सबै राजनीतिक दलका शिर्ष नेताहरुसँग छलफल गरि छिट्टै विराटनर, जनकपुर, विरगंज, पोखरा, नेपालगंज, सर्खेत र धनगढिमा अध्ययनटोलि खटाउने तयारी गरिरहेको जानकारी प्रधानमन्त्री समक्ष राखेका थिए ।