मनोरञ्जन

महानायक राजेश हमालले निर्देशन गरेको चलचित्र दर्शकले चाँडै हेर्न पाउने

२२ साउन, विराटनगर । नेपाली रजतपटका महानायक राजेश हमालले अब आफू पनि फिल्म निर्देशनमा आउने घोषणा गरेका छन् । उनले आफूले निर्देशन गरेको नेपाली चलचित्र दर्शकले चाँडै हेर्न पाउने समेत बताएका छन् ।
महानयक हमाल अहिलेसम्म कलाकारको फिल्ममा भूमिकामा मात्र देखिँदै आएका छन् । विराटनगरमा हिजो संचारकर्मीसँगको कुराकानीमा महानायक हमालले एकदेखि डेढ वर्ष भित्रै दर्शकहरुले आफूले निर्देशन गरेको नेपाली चलचित्र दर्शकले हेर्न पाउने बताए ।

उनले भने ‘अवको डेढ वर्षभित्रै दर्शकले मैले निर्देशन गरेको चलचित्र हेर्न पाउने छन् । त्यसको तयारीमा म लागी परेको छु’ हमालले भने ।
हमालले अहिले चलचित्रको कथाको बारेमा अध्ययनमा रहेको पनि जानकारी दिए । उनले बढी आधुनिकता झल्कने भन्दा पनि नेपाली मौलिकता झल्कने मुद्दामा चलचित्र निर्माण र निर्देशन गर्ने बताए ।
मौलिक मुद्दासँग जोडिएको वास्तिविक कथावस्तुसँगै मनोञ्जन प्रदान चलचित्र निर्देशन गर्ने सोचमा रहेको उनले बताए ।

उनले आफ्नो ब्यानरमा भने फिल्म निर्माण नगर्ने स्पष्ट पारे । उनकी धर्मपत्नी मधु भट्टराईसहित विराटनगरमा आज हुने एक कार्यक्रममा सहभागी हुन विराटनगर आएका महानायक हमालले पछिल्लो समय नव प्रवेसी कलाकारको आगमनले नेपाली चलचित्रको स्तरमा सुध्रँदै गएको प्रतिक्रिया दिए ।
नेपाली चलचित्रले पनि वजार बनाउने क्रममा रहेको भन्दै हमालले दर्शकको भावना बुझेर निर्माण पक्षले चलचित्र निर्माण गरेको खण्डमा नेपाली चलचित्रले वजार पाउन कठिन नभएको बताए । अनलाईनखबर बाट