पु.समाचार

चार सय ग्यास बुलेट भारमै अलपत्र, सरकार मौन !

काठमाण्डौ । भारतीय एकाधिकार तोड्न सरकारले नेपालीले सञ्चालन गर्न पाउने व्यवस्था गरे पनि बनिसकेका ग्यास बुलेट भारतमै अलपत्र परेका छन् । ग्यास ढुवानीका लागि भारतले बिस्फोटक लाइसेन्स नदिँदा नेपालीका करिब चार सय बुलेट थन्किएको छ ।

शुक्रबारको कान्तिपुरमा लेखिएको छ, एलपी ग्यास उद्योग संघका अनुसार लाइसेन्स भारत सरकारले दिनुपर्छ । तर, नेपाली पक्षले पहन नगर्दा बुलेटहरु भारतमै थन्किएका छन् ।