पु.समाचार

यसकारण अब एक्कासि फस्ने भए कर्ण शाक्य !

काठमाण्डौ । पर्यटकीय आकर्षण केन्द्र फेवातालको किनरस्थित सेदी भन्ने स्थानमा पर्यटन ब्यवसायी कर्ण शाक्यको पार्क भिलेज वाटर फन्ट रिसोर्ट अनुमतिबिनै बनाईएको खुलेको छ ।

शाक्यको सो कामविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको प्रतिउत्तर दिँदै पर्यटन उधोग महाखाले त्यहाँ रिसोर्ट सञ्चालनका लागि सिफारिस नगरेको उल्लेख गरेको छ ।

शुक्रबारको नागरिकमा लेखिएको छ, पर्यटन ऐन, २०३५ को दफा १० बमोजि पार्क भिलेज वाटर फन्ट रिसोर्ट पर्यटकीइ स्थलमा रिसोर्टको रुपमा दर्ता गर्न यस महाशाखाबाट सिफारिस गरिएको अभिलेख छैन, महाशाखाले २०६८ भदौ १ गते सर्वोच्च अदालतमा दिएको प्रतिउत्तमा उल्लेख छ ।