पु.समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् ‘आर्थिक विधेयक, २०७४’ प्रमाणीकरण

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘आर्थिक विधेयक, २०७४’ प्रमाणीकरण गरेकी छिन् ।

व्यवस्थापिका–संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।