समाचार

पत्रकार महासंघका मतदाताको सूचि प्रकाशन

काठमाण्डौ । पत्रकार महासंघको २५ औ अधिवेशनमा सहभागी हुने मतदाताहरुको सूची सार्वजनिक भएको छ । सार्वजनिक सूचि अनुसार जम्मा १५ सय ८ जना छन् । मतदाता मध्ये ८ जना प्रवासबाट रहेको महासंघले प्रकाशित गरेको विज्ञप्तीमा उल्लेख छ ।

महासंघले प्रकाशित गरेको नामावलीको सूचिमा प्रदेश नम्बर ८ सम्म बनाएको छ । उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरलाई ८ प्रदेशमा राखेको हो ।

उक्त नामावलीमा कसैलाई चित्त नबुझे माहासंघमा दाबीबिरोध गर्न पाउने निर्बाचनको बिधानमा उल्लेख छ ।