उर्जा

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा विद्युत प्रसारण लाइनको उद्घाटन गर्दै

काठमाण्डौ । भारतको पाँचदिने राजकिय भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले बिहीबार कटैया कुशाहा र रक्सौल परवानीपुर प्रसारण लाइनको दूर नियन्त्रित यन्त्र (रिमोर्ट कन्ट्रोल) बाट उद्घाटन गर्ने भएका छन् ।

उद्घाटनपछि भारतबाट थप सय मेगावाट बिजुली आयात गर्न सकिने छ ।  बिहीबारको नागरिकमा लेखिएको छ, दुवै प्रसारण लाइनबाट ५० ५० मेगावाट बिजुली ल्याउन सकिने उर्जा मन्त्रालयले जनाएको छ ।