पु.समाचार

बिहीबार पनि यसरी ४.८ को भूकम्प गयो

काठमाडौँ । माहाभूकम्पले मूलूकलाई शिथिल बनाएको घाउ सुक्न नपाउदै बिहीबार पुनः भूकम्प गएको छ । सिन्धुपाल्चोक र चीनको तिब्बत सीमामा आज अपराह्न ४ बजेर २५ मिनेट जाँदा परकम्प गएको छ ।

मंगलबार, बुधबार पनि भूकम्प गईरहेपनि शुक्रबार समेत भूकम्प जाँदा जनमानसमा त्रास श्रृजना भएको देखिन्छ ।

गोरखा भूकम्पको सो परकम्प ४.८ रिक्टर स्केलको भएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ । रासस