पु.समाचार

पेट्रोलियम पाइपलाइन राजधानीसम्मै ल्याउन सेनाको यस्तो तयारी

काठमाण्डौ । पेट्रोलियम पाइपलाइन राजधानीसम्मै ल्याउने विषयमा औपचारिक छलफल सुरु भएको छ । तराईसँग जोड्ने द्रुत राजमार्ग (निजगढ फास्ट ट्रयाक) निर्माण गर्ने जिम्मेवारी पाएको नेपाली सेनाको युनिट र सरोकारवाला निकायबीच यस विषयमा छलफल सुरु भएको हो ।

सेनाको मूख्यालयमा यसैसाता भएको मल्टिपर्पस छलफलमा फास्ट ट्रयाकसम्बन्धी जिम्मेबारी पाएको नेपाली सेनाको युनिट, नेपाल आयल निगम, नेपाल टेलिकम, विद्युत प्राधिकरण बाहिरी चक्रपथ आयोजना, रेल विभाग सस्पेस्सन्स ब्रिजलगायत बहुसरोकारवाला निकायको सहभागिता थियो ।

छलफलमा सेनाले फास्ट ट्रयाकको परियोजनालाई पनि एकीकृत रुपमा अघि बढाउन सकिने सहभागीलाई जानकारी गराएको थियो ।