समाचार

११ महिना लामो तालीम पछि प्रहरी जवानहरु देश र जनताको सेवामा समर्पित

पोखरा । प्रहरी जवान आधारभूत तालीम १०५ औँ ‘ख’ समूहको दीक्षान्त कार्यक्रम आज सम्पन्न भएको छ ।

तालीममा ‘क’ श्रेणीमा ५८ र ‘ख’ श्रेणीमा ४१ जना उत्तीर्ण भई आजैबाट कार्य क्षेत्रमा खटिएका छन् ।

प्रहरी नायब महानिरीक्षक केदारमानसिंह भण्डारीले उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै ११ महिना लामो तालीम सफलतापूर्वक सम्पन्न गरेर कार्यक्षेत्रमा लागेका प्रहरी जवानले जोश र जाँगरका साथ देश र जनताको सेवामा समर्पित हुन आग्रह गरे ।

कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक विष्णुहरि गौतम, गणपति प्रहरी उपरीक्षक नलप्रसाद उपाध्याय र समन्वय अधिकृत प्रहरी निरीक्षक जगदीश रेग्मीले बोलेका थिए ।