अन्तर्राष्ट्रिय

थाइल्याण्डकी पूर्वप्रधानमन्त्री सिनावात्रा विरुद्ध पक्राउ आदेश जारी हुने

एजेन्सी । थाइल्याण्डको सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्री यिङलक सिनावात्रा विरुद्ध पक्राउ आदेश जारी गर्ने भएको छ ।

पूर्व प्रधानमनत्री सिनावात्रा भ्रष्टचार सम्बन्धी एउटा मुद्दाको सुनुवाइका लागि अदालत उपस्थित नभएपछि त्यहाँको सर्वोच्च अदालतले उनलाई पक्राउ गर्न आदेश दिने बताएको हो ।

सिनावात्रा माथि चामल अनुदान कार्यक्रममा अर्बाैं डलर बराबरको आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ । उनी प्रधानमन्त्रीमा निर्वात भएलगत्तै चामल अनुदान कार्यक्रम लागू गरिएको थियो ।

सर्वाेच्च अदालतले आज सिनावात्राविरुद्धको मुद्दामा फैसला सुनाउने तयारी गरेको थियो । तर पूर्वप्रधानमन्त्री यिङलक अस्वस्थ भएको भन्दै उनका वकिलले मुद्दाको पेशी सार्न अनुरोध गरेपछि दुई दिनका लागि सुनुवाई स्थगित गरिएको छ ।

 

तर उनी अस्वस्थ भएको यथेष्ठ प्रमाण जुटाउन उनका वकिल असफल भएको भन्दै अदालतले पक्राउ आदेश जारी गर्ने बताएको हो । सन् २०१५ मा सेना समर्थित संसद्ले महाअभियोग लगाएपछि प्रधानमन्त्री सिनावात्राले पद छाड्नुपरेको थियो ।

आरोप प्रमाणित भएको खण्डमा उनलाई लामो जेल सजाँय हुनेछ भने राजनीति गर्न आजीवन प्रतिबन्ध समेत लाग्नेछ ।