समाचार

के तपाई रोजगारको खोजिमा हुनुहुन्छ ? अब स्वदेशमै उद्योग कलकारखानाको स्थापना गरी रोजगारीको सिर्जना गरिने

दाङ । श्रम राज्यमन्त्री डिल्ली चौधरीले स्वदेशमै उद्योग कलकारखानाको स्थापना गरी रोजगारीको सिर्जना गर्ने तर्फ सरकार लागेको बताएका छन् ।

रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा राज्यमन्त्री चौधरीले युवालाई मुलुकभित्र विभिन्न तालीम दिएर दक्ष जनशक्ति उत्पादन गरी वैदेशिक रोजगारमा जाने श्रमिकको संख्या घटाउँदै लैजाने उल्लेख गरे ।
उनले सरकारको पहिलो प्राथमिकता चुनाव भएको भन्दै सबै तहका चुनाव सम्पन्न गरी संविधान कार्यान्वयनसँगै देशमा आर्थिक विकास गरिने छ भने ।

राज्यमन्त्री चौधरीले दाङमा रहेको टरिगाँउ विमानस्थलको स्तरोन्नती गरी यसलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न पहल भइरहेको बताए ।