राजनीति

प्रधानमन्त्री देउवा आज बेलुका स्वदेश फर्किदै

काठमाण्डौ । भारतको पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार स्वदेश फर्किदै छन् । प्रधानमन्त्री देउवाको टोली बेलुका ८ बजे काठमाण्डौ अवतरण हुने कार्यक्रम रहेको बताइएको छ ।  प्रधानमन्त्री देउवाले आइतबार भारतको बिहारस्थित बोधगया मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

उनले शनिबार भारतको आन्ध्र प्रदेशमा रहेको तिरुपति मन्दिरमा विशेष पुजा गरेका थिए ।  तिरुपतिको दर्शन गरेलगत्तै प्रधानमन्त्री देउवासँग बिहारका मुख्यमन्त्री नितिशकुमारले भेटवार्ता गरेका थिए ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवा र मुख्यमन्त्री नितिशकुमारबीच नेपालको तराई र बिहारका कतिपय सीमाक्षेत्रमा आएको बाढीका कारण भएको क्षतिको विषयमा गम्भीर छलफल भएको बताइएको छ ।  प्रधानमन्त्री देउवा आइतबार बोधगया मन्दिरमा दर्शन गरेलगत्तै काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ ।