२४ जेठ, काठमाडौं । साढे ४ लाखले नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् ।
सदस्यता व्यवस्थापन केन्द्रीय समिति सदस्य एवं प्राविधिक प्रमुख नवराज त्रिपाठीका अनुसार हालसम्म साढे ४ लाखले क्रियाशील सदस्यता अद्यावधिक गरेका हुन्।
६ लाखले क्रियाशील सदस्यता अद्यावधिक गर्ने आकलन रहे पनि ८ लाखले नै गर्न सक्ने उनको भनाइ छ ।
कांग्रेसले दोस्रोपटक क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय जेठ २८ गतेसम्मका लागि थप गरेको छ ।





