राजनीति

प्रधानमन्त्री देउवाले एक्कासि राखेको ‘एउटा महत्वपूर्ण प्रस्ताव’ ले मोदीको भित्री योजना यसरी असफल भयो !

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको पाँचदिने भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच भएको गोप्य भेटवार्ता र त्यसबेला भएका कुराकानीका विषयहरु बाहिर आइरहेका छन् ।

केही विषयहरुले नेपाल र भारतबीचको सम्बन्धमा निकै ठूलो अर्थ राख्ने गरेका छन् । भारतय समकक्षी नरेन्द्र मोदीसँग प्रधानमन्त्री देउवाले राजनीतिक, कुटनीतिक र सुरक्षा चूनौतीसँग जोडिएका विषयमा गम्भीर वार्ता गरेका छन् ।

जसले दुई देशबीचको सम्बन्धमा ऐतिहासिक अर्थ राख्ने निश्चित छ । तर दुई प्रधानमन्त्रीबीच भएका द्धिपक्षीय भेटका क्रममा भएका केही विषयले भने भारतले नेपाललाई बेवास्ता गर्ने र झुकाउने रणनीतिक अझै जारी राखेका प्रमाणको पुष्टि भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीबीच भेटका क्रममा एउटा महत्वपूर्ण विषयका बारेमा छलफल भएको छ र उक्त विषयमा भारतले नेपालको प्रस्तावको बेवास्ता गरेको बताइएको छ ।  छलफलका क्रममा उठेको उक्त विषय अहिले सञ्चारमाध्यामहरुमा समेत विशेष प्राथमिकताका साथ उठिरहेको छ । त्यो हो दुई देशबीचको सुरक्षा र सेनाको विषय ।

यो सवालमा भारतीय प्रधानमन्त्री मोदीले नेपाली सेना र भारतीय सेना मिलेर सहकार्य गर्नुपर्ने प्रस्ताव राखेका थिए । मोदीले उक्त प्रस्ताव राख्नासाथ प्रधानमन्त्री देउवाले नेपालले भारतसँग हतियार खरिद गर्दा लिएको ऋण मिनाहा गर्न प्रस्ताव राखेका थिए ।

देउवाको सो प्रस्ताव भूइँमा खस्न नपाउँदै नरेन्द्र मोदीले उक्त प्रस्तावलाई बिषयान्तर गर्दै बेवास्ता गरेका थिए र उनले घुमाउरो ढंगले उत्तर दिएको बताइएको छ । मोदीले दिएको यो उत्तरलाई नेपालले राखेको प्रस्ताव अस्वीकार गरेको अर्थको रुपमा हेरिएको छ ।

भारतले सेनासँग सहकार्य गर्न राखेको प्रस्ताव चीनसँग भड्किएको सम्बन्धको आधारमा नेपालको अवधारणा बुझ्न खोजेको हुनसक्ने नेपाल–भारत मामला जानकारहरु बताउन थालेका छन् । तर प्रधानमन्त्री देउवाले तुरुन्तै अर्को प्रस्ताव राखेपछि मोदीले विषयान्तर गर्दा चीन र नेपाललाई फुटाउने रणनीतिमा भारत फेल भएको पुष्टि हुन्छ ।

यद्यपि, प्रधानमन्त्री देउवाले भारत भ्रमणको क्रममा छिमेकी मुलुकहरुसँगको सम्बन्धबारे तटस्थताको नीति लिएको विषयमा अडान राखेका थिए । यसरी भारतले घुमाउरो ढंगले नेपाललाई फसाउनु नौलो नभएको समेत जानकारहरु बताउँछन् ।

यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा क्रममा पनि भारतले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल–भारतको एउटै अवधारणा जानुपर्ने भन्ने बुँदामा निकै ठूलो आलोचना भएको थियो ।

प्रधानमन्त्री दाहालको भ्रमणको क्रममा भएको २५ बुँदे सहमति र अहिले प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा भएको ४६ बुँदे संयुक्त वक्तव्यमा देउवा धेरै कुरामा जोगिएका छन् । यद्यपि, उनले भ्रमणका क्रममा बोलेको संविधान संशोधनको विषयमा भने आलोचना भैरहेको छ ।

भारतले फसाउन खोज्दाखोज्दै किन जान्छन् नेपाली प्रधानमन्त्रीहरु भारत ?
नेपालमा सरकार परिवर्तन भएलगत्तै देशको नेतृत्व गर्दै नयाँ प्रधानमन्त्रीहरु भारत भ्रमणमा जाने गरेका छन् ।  नेपालका प्रधानमन्त्रीहरु भारत भ्रमणममा जाने यो चलनको निकै कडा आलोचना हुँदै आएको छ । जबकि नेपाललाई भारतले सयौं वर्षदेखि आफ्नै स्वार्थअनुकल उपयोग गरेको भन्ने कुरा नेपाललाई थाहा छ ।

भारतले राजनीतिक,आर्थिक,सामाजिक,कुटनीतिक,सैनिक लगायतका मामलामा नेपाललाई घुमाइरहेको कुरा दक्षिण एसियाली राजनीतिक रंगमञ्चमा एउटा कटु सत्यका रुपमा देखिएको छ । तैपनि नेपालका प्रधानमन्त्री सरकारमा पुगेपछिको पहिलो भ्रमण भारतको गर्ने गर्छन् ।

यसले भारतलाई नै नेपालको अस्तित्वमाथि हस्तक्षेप गर्ने स्पेस प्रदान गरेको जानकारहरु बताउँछन् । दुई देशबीच सानो विषयमा गडबड हुने वित्तिक्कै भारतले नाकाबन्दीदेखि धम्की दिनेसम्मका रबैयाहरु देखाउन छाडेको छैन ।

त्यसैले पनि भारतलाई ढोग्ने यो प्रवृत्ति तोड्नुपर्ने कुटनीतिज्ञहरु बताउँछन् । भर्खरै भएको प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा पनि भारतीय संस्थापन पक्षले सेनादेखि थुप्रै कुराहरुमा नेपालमाथि अनावश्यक प्रस्ताव राखेको हल्ला बाहिर आएसँगै यसको पुष्टि भएको छ ।

त्यसर्थ, भारतका यी खालका रबैयाहरुको जवाफ दिन पनि नेपालले लामो समयदेखि सुरुमै भारत भ्रमण गर्ने प्रधानमन्त्रीहरुको यो परम्परा तोड्नुपर्ने जानकारहरु बताउँछन् ।