पु.समाचार

अख्तियारद्वारा घुस रकमसहित सब–इन्जिनियर पक्राउ

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखाको पालुङटार नगरपालिकामा कार्यरत एक सब इन्जिनियरलाई घुस रकमसहित पक्राउ गरेको छ ।  सो नगरपालिकामा कार्यरत सब–इन्जिनियर सुनिल देवकोटालाई अख्तियारले पक्राउ गरेको हो ।

देवकोटाले भूकम्पपीडितलाई घर निर्माणका लागि प्रदान गरिने दोश्रो किस्ता भुक्तानी दिने सिलसिलामा २५ हजार घुस लिएको अख्तियारको आरोप छ ।

उनलाई स्थानीय विनिता होटलबाट घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जारी गरेको विज्ञपित्मा जनाइएको छ ।