देश

यसरी जिएम खड्कासंगै पूर्बमन्त्री बोहोरा पनि भ्रष्टाचारमा तानिदै

काठमाडौं । नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपूर्ति मन्त्री दीपक बोहोरासम्म तानिएका छन् । जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ ।

निगमले खरिद गरेको जग्गामा स्थलगत अध्ययन गरेर फर्किएका सांसद्ले मंगलबार पूर्वमन्त्री बोहोराको संलग्नता र घोटाला रकमबारे जानकारी दिएका हुन् ।

निगमका उच्च अधिकारीदेखि जग्गा एजेन्ट, स्थानी तह, नापी, मालपोतका कर्मचारीसमेतको मिलेमतोमा करोडौं रुपैयाँ भ्रष्टाचार भएको अनुसन्धानमा संलग्न सांस्दको ठहर छ ।

नागरिकका अनुसार, निगमले झापा, सर्लाही, चितवन र भैहरवामा दुई अर्ब रुपैयाँको जग्गा खरिद गरेकोमा त्यसको वास्तविक मूल्य भने ५० करोडभन्दा बढी हुने अवस्था नदेखिएको संसद्को उद्योग वाणिज्य तथा उपभोक्त हित सम्बन्ध समितिका सदस्य रावीर मानन्धरले बताए ।