देश

बढुवा भएका सहायक रथी भण्डारीलाई सेनापति सिग्देलले लगाइदिए दर्ज्यानी चिन्ह

९ मंसिर, काठमाडौं । नेपाली सेनका बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई सेनापति अशोकराज सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

भण्डारीलाई नेपाल सरकार, मन्त्रिपरिषद्को मङ्सिर ०५ गतेको निर्णयले बढुवा गरेको थियो ।

साथै सेनापति सिग्देलले सोही अवसरमा सहायक रथी र महासेनानी दर्जामा पदोन्नति हुनु भएका एक–एक जना महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

कार्यक्रममा सेनाका रथीवृन्द, अधिकृत लगायत पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतहरूको परिवारजनको उपस्थिति रहेको थियो ।