स्वास्थ्य

स्वास्थ्य मन्त्रीनै बने स्वाइनफ्लुको शिकार !!

काठमाडौं । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई स्वाइनफ्लु ‘एन्फ्लुएन्जा ए पोजेटिभ भाइरस’ (एच१ एन १) भएको मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले बताए । एक हप्तादेखि वीर अस्पतालमा पोखरेलको उपचारक्रम जारी रहेको छ ।

स्वाइनफ्लुको आशंकामा दुई दिनअघि खकार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको गिरीले बताए ।

पोखरेललाई गत शनिबार वीर अस्पताल ल्याइएको थियो । राहत वितरणको क्रममा महोत्तरी गएका बेला बिरामी भएका मन्त्री पोखरेललाई फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठ नेतृत्वको टोलीले हेरिरहेको छ ।