स्वास्थ्य

यस्तो छ स्वाइन फ्लुबाट ग्रसित स्वास्थ्यमन्त्रीको पछिल्लो अवस्था !

काठमाण्डौ । स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेललाई इन्फ्लुएन्जा ए (एच१एन१) अर्थात स्वाइन फ्लु देखिएको छ । उच्च स्रोतका अनुसार स्वास्थ्य मन्त्रीको प्रयोगशाला प्रतिवेदनमा स्वाइन फ्लु देखिएको हो ।

शुक्रबारको कान्तिपुरमा लेखिएको छ, वीर अस्पतालमा आइतबारदेखि भर्ना भई उपचाररत पोखरेलको स्वास्थ्य स्थिति सामान्यजस्तो भइसकेको निर्देशक डाक्टर भूपेन्द्र बस्नेतले बताए ।