खेलकुद

वेल्सद्वारा अष्ट्रिया पराजित

 एजेन्सी ।  विश्वकप छनौट खेल अन्तर्गत शनिबार राति भएको खेलमा वेल्सले अष्ट्रियालाई १–० गोल अन्तरले हराएको छ ।  वेल्सका बेन बुडवर्नले गरेको एक गोल नै निर्णयक बन्यो । खेलको ७४ औं मिनेटमा १७ वर्षे बेन बुडवर्नले २० यार्ड टाढाबाट हानेको बल गोलमा परिणत भएको थियो । बेन बुडवर्न कै एक गोलले वैल्स विजयी भयो ।

अष्ट्रियालाई हराएसँगै समूह डिमा रहेको वेल्स ११ अंकका साथ तेस्रो स्थानमा छ । यसै समूहमा रहेको सर्विया मोलदोभालाई हराउँदै ३–० ले हराउँदै १५ अंकका साथ पहिलो स्थानमा छ । रिपब्लिक अफ आयरल्याण्ड १३ अंकसहित दोस्रो स्थानमा छ ।