प्रवास

१५ अजार अमेरिकी एनआरएनले पक्कैपनि मतको मूल्य बुझेका छन्-भूवन आचार्य

न्यूयोर्क । गौरी जोशी चुनावमा उठ्न मिल्छ वा मिल्दैन भन्ने कुरा पनि यहि भित्रि खेलको परिणाम हो । निर्बाचन समितिलाई “बलिको बोको” बनाउन खोजिए पनि यसको लहरो आइसीसी सम्म पुगेको छ । शेष घले, कुमार पन्त र भवन भट्ट सम्म यसको असर छ । एनआरएन अमेरिकाको सदस्यहरुको संख्या र यहाँ बाट अक्टोबरमा काठमाडौँमा जाने डेलिगेटको आकारले अमेरिकाको निर्बाचनलाई यति तरंगित र प्रभावित गरेको हो ।

सयौंको संख्यामा जाने अमेरिकाका डेलिगेटको पकड कसको पक्षमा हुन्छ भन्ने भित्रि आसय अनुसार आइसीसीबाट नै खेलिएको यो खेल हो । अमेरिकाका उम्मेदवारहरुमा देखिएको अस्थिरता, पक्ष परिबर्तन, खिचातानी यसकै परिणाम हो । यिनै खेलहरु र यसमा देखिएका परिदृश्यहरुका कारण संस्थालाई बचाउन शेष घलेले आफ्नी श्रीमतीलाइ अघि सारेका छन् । यसको असर अब अमेरिकामा पर्छ । अब अमेरिकामा अहिलेसम्म खेलिएका खेलहरु र खेलाडीहरुको समीकरण समेत परिबर्तन हुनेछ ।

एनसिसि अमेरिकाको निर्बाचन आउँदो मंगलबार र बुधबार हुँदैछ । यसमा ४ जना अध्यक्षका प्रत्याशीहरु छन् । उनीहरु बीच पनि ध्रुविकरणको प्रयास जारी छ । गौरी जोशी र केशव पौडेलको कथित “गोप्य सम्झौता” पछि र जोशीले निशर्त पौडेललाइ समर्थन गर्ने भनिए पछि पौडेलको पल्ला भारी देखिएको थियो । “बलेको आगो” ताप्ने नेपाली भनौ वा मानवीय स्वभावको कारण कतिपय पिपलपातेहरु “जता मल्खु उतै ढल्कु” झैँ गर्न थालेको वर्तमान अबस्थामा दरिलो चुनौती निर्माण गर्ने काम तिब्र गतिमा हुदैछ ।

रबिना थापाको नेतृत्वमा गौरी जोशीको टीममा समाबिस्ट अधिकांश उम्मेदवारहरु समेटिन पुगेका छन् । न्यु योर्क, टेक्सास देखि क्यालिफोर्निया सम्म नयाँ, शशक्त र प्रभावकारी टीम निर्माण अन्तिम चरणमा छ । सकेसम्म केशब पौडेल बाहेक सबैलाई समेट्ने कसरत हुँदैछ । आफ्नै स्टेटमा २र४ भोट ल्याउन हम्मे पर्नेहरुलाई टीममा ल्याउन धेरै उर्जा खर्च नगरी “केहि भएका” र “केहि दिन सक्ने” व्यक्तिलाई टीममा ल्याउने प्रयास जारी छ । अन्तिम नामावली आजै वा भोलि आउँछ । त्यसले केशव पौडेलको जग पक्कै हल्लाउनेछ ।

धेरैलाई थाहा नहुन सक्छ, गौरी जोशीले एनआरएन अमेरिका माथि किन मुद्धा हाले र फिर्ता गरे भन्ने कुरा । एनआरएन अमेरिकामा रहेको सिन्डिकेट र आइसीसी सम्म सिन्डिकेट स्थापना गर्ने कुत्सित मनसाय बिरुद्ध एनआरएनका शुभचिन्तकहरुको व्यापक दवाब थेग्न नसकी जोशी अदालत गएका हुन् ।

उनको बिगत हेर्दा त्यो हदसम्मको आँट गर्ने हिम्मत जोशीमा थिएन । तर समस्या ज्युँको त्यूँ रहँदै र आफ्ना अत्यन्त नजिकका मान्छेहरुको जानकारी बिना फिर्ता गर्नुमा आन्तरिक कारण अर्कै छ । उनी अन्य कानुनी उल्झनमा पर्न सक्ने र पारिन सक्ने धम्कीका कारण मुद्धा फिर्ता गर्न बाध्य भएका हुन् ।

आगामी निर्बाचनमा पनि यदि उनले केशव पौडेलको पक्षमा भोट हाल्ने र भोट माग्ने काम गरे भने उनले फेरी अर्को कानुनी अबरोधको सामना गर्नु पर्ने छ । उनको पकडमा रहेका भनिएका मतहरुलाइ उनले केशव पौडेलको पक्षमा दुरुपयोग गरे भने उनले ठुलै झमेला व्यहोर्नु पर्ने कुरा उनलाई पनि थाहा हुनु पर्छ ।
जे होस्, चुनाव हुँदैछ । तर यो चुनाव धेरै चुनावहरु मध्येको अर्को एउटा चुनाव मात्र हो भन्ने भुल गर्न हुन्न । अहिलेको चुनावमा समाजका त्यस्ता पात्रहरुलाइ साइड लगाउनु पर्छ । हाम्रो भोट फेरी उनै प्रवृति र पात्रको पुनरावृति गर्न प्रयोग नहोस भन्ने तर्फ हामी सचेत हुनु पर्छ । एक व्यक्तिको हार वा जित महत्वपूर्ण नहुन सक्छ तर प्रवृतिको जित वा हारले इतिहास बन्छ ।

त्यसले संस्था र समाजको भबिस्य निर्धारण गर्छ । एनआरएन अमेरिकाका १५ हजार मतदाताहरु मध्ये धेरैजसो पक्कै आफ्नो भोटको त्यो महत्व बुझेका छन् । कसैले भनेकै भरमा आफ्नो अमुल्य मत त्यस्ता प्रवृतिका व्यक्तिहरुलाई दिनेछैनन र अन्त्यमा असल प्रवृतिका उम्मेद्वारहरुको विजय हुनेछ ।

हेरौं एनआरएन अमेरिकाका सचेत मतदाता गम्भीर र दुरगामी असर गर्ने यो इतिहास र भबिस्य निर्माणको अग्निपरिक्षामा पास हुन्छन वा फेल । एक सच्चा नेपाली, नेपाल र नेपाली समुदायको भलो चाहने, एनआरएन अमेरिकाको शुभचिन्तकको रुपमा मेरो चासो र अपेक्षा त्यहि नै हो । आगे जनताको फैसला शिरोपर ।
युएसएंड नेपालबाट