पु.समाचार

गाउँ कार्यपालिका आफैंले यसरी निर्माण गरे पाँचवटा कानून

इलाम । इलामको फाकफोकथुम गाउँ कार्यपालिकाको बैठकले कार्य सञ्चालनका लागि आवश्यक पाँचवटा कानून निर्माण गरेको छ ।

आइतबारदेखि शुरु भई तीनदिनसम्म चलेको बैठकले पाँचवटा आवश्यक कानून निर्माण गरेको हो । गाउँ कार्यपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले गाउँ कार्यपालिकाको निर्णय तथा आदेश र अधिकारपत्रको प्रमाणीकरण कार्यविधि नियमावली—२०७४, गाउँ कार्यपालिकाको बैठक सञ्चालन कार्यविधि, कार्यसम्पादन नियमावली, कार्य विभाजन नियमावली र गाउँसभा सञ्चालन कार्यविधि, २०७४ पारित गरेको छ ।

गाउँपालिकाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठन भएको छ ।

त्यसैगरी, कार्यपालिकाको बैठकले बजेट तर्जुमा प्रक्रियासमेत शुरु गरेको छ । गाउँपालिकाका उपाध्यक्ष सरस्वती राईको संयोजकत्वमा राजस्व परमार्श समिति गठन गरी आव २०७४/०७५ मा यस गाउँपालिकाबाट सञ्चालन गरिने राजस्व निर्धारण गरी अनुमोदन समेत गरेको छ ।

राजस्व परामर्श समितिले चालु आवको आन्तरिक आय वार्षिक रु १० लाख पु¥याउने अनुमान गरिएको कार्यकारी अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए ।