पु.समाचार

तरुण दल कास्कीले बाढीपीडितलाई गर्यो एक लाख ५५ हजार सहयोग

पोखरा । नेपाल तरुण दल कास्कीले माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभान पाथ्रेका बाढीपीडितलाई रु एक लाख ५५ हजार सहयोग गरेको छ ।

दलका जिल्ला अध्यक्ष मनोज गुरुङ र गायक कर्ण दासले शुक्रबार सोही ठाउँमा पुगी विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ५ का वडाध्यक्ष जुमबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

संस्थाले यसअघि ‘मानवीय समवेदना बुझौँ, प्राकृतिक प्रकोपपीडितको सहयोगमा जुटौँ’ भन्ने नाराका साथ ‘आपत्मा राहतको हातेमालो’ भन्ने सांस्कृतिक कार्यक्रम आयोजना गरी रु छ लाख संकलन गरेको थियो । संकलित रकममध्ये रु तीन लाख तरुण दल केन्द्रीय समितिमार्पmत मधेशका बाढीपीडितलाई पठाइएको र बाँकी जिल्लाका विपत्मा परेका अन्य ठाउँमा सहयोग गरिने अध्यक्ष गुरुङले बताए ।

सोही अवसरमा नेपाली काँग्रेस वडा नं १ एकाइ सभापति भीमबहादुर गुरुङले बाढीपीडितलाई राहतस्वरुप रु १० हजार प्रदान गरेका छन् । गत साउन २४ गते राति हुम्दी खहरे खोलामा आएको बाढीले १३ घरमा पूर्ण क्षति र तीन घर आंशिक क्षति पु¥याएको थियो ।