पु.समाचार

काठमाण्डौ महानगरपालिकाले पठायो मन्त्रालयको प्रस्तावको इन्कार गर्दै यस्तो पत्र

काठमाण्डौ । उपत्यकाका दुई महानगरपालिका र एक नगरपालिकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न नसक्ने भन्दै मन्त्रालयलाई पत्र पठाएका छन् ।

काठमाडौं र ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले यही अवस्थामा कार्यालय कोठा, फर्निचर, सवारीसाधन, उपकरण र कार्यालय व्यवस्थापन गर्ने स्रोत साधन नभएको कारण स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसकिने जनाउँदै मन्त्रालयमा पत्र पठाएका छन् ।

आइतबारको नेपाल समाचारपत्रमा लेखिएको छ, काठमाडौं महानगरपालिका कार्यकारी अधिकृतले आफ्नो मातहतमा काठमाडौ जिल्ला शिक्षा कार्यालय आइसकेको अवस्थामा कममा खटिई आएका शिक्षाका उपसचिव जिशिकामै बसेर कार्यालय सञ्चालन गर्नुपर्ने आशयको पत्र मन्त्रालयमा पठाएका थिए ।