आर्थिक

आयोगले दश अर्ब मागे पनि अर्थ दियो पाँच अर्ब

काठमाण्डौ । अर्थ मन्त्रालयले आगामी मंसीरमा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनाव गराउन निर्वाचन आयोगलाई पाँच अर्ब रुपैयाँ बजेट दिएको छ । सरकारले प्रतिनिधि सभार प्रदेश सभाको निर्वाचन दुई चरणमा गर्ने घोषणा गरेको छ ।

आइतबारको नागरिकमा लेखिएको छ, निर्वाचन सम्पन्न गराउन आयोगले १० अर्ब ५३ करोड बजेट माग गरेको थियो । त्यसमध्ये अर्थ मन्त्रालयले पहिलोपटक पाँच अर्ब रुपैयाँ निकासा दिएको छ ।